बेशरि लाज लाग्छ~ रितु थापा मगर

Dhaulagiri Fm / प्रकाशित मिति :
आइतबार, फाल्गुन २६ २០७५

दुःखसँग कहिले पनि नडराउने जस्तो सुकै परिस्थितिसँग पनि लड्न सक्ने जति कष्ट परेपनि हासेर सामना गर्दै आएकि एक साहसि गायिका अथवा मोडल हुन रितु थापा मगर । उनको सानै देखिको कलाकार बन्ने सपना उनि घरबाट भागेर भएपनि पुरा गरेकि छिन् । त्यो बिरानो शहर नत उनले कहिले देखेको नत कसैसँग चिनजाननै थियो उनको । तैपनि उनि नडराई हजारौ कष्टसँग सामना गर्दै काठमान्डौ छिरेकि उनि अहिले सबैको प्रिय गायिका र मोडलको रुपमा चिनिन थालिन ।

भिडियोको लागि यहाँ जानुहोस

https://www.youtube.com/watch?v=0YZUEy3VQ2U

लोक प्रिय गायिका रितु थापा मगरको रातो अविर पहेलो केशरि नामक गीत बजारमा आएको छ। जसमा रितु थापा मगरसँग स्वर दिएका छन मनोज भन्डारिले भने मोडलमा करिश्मा ढकाल र काजिश श्रेष्ठले साथ दिएका छन् । त्यस्तै यो म्युजिको निर्देशन पनि काजिश श्रेष्ठले गरेका हुन भने इडिटमा रहेका छन दिपक विष्ट ।