बागलुङे सर्जक अर्जुन बोसेलले ‘गोठालो’ बजारमा (भिडियाे सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, कार्तिक २२ २០७७

हुनेखाने घरको छोरी र गोठालोको प्रेम सम्बन्धमा आधारित गीत बजारमा आएको छ । अमेरीकामा बस्दै आएका बागलुङे सर्जक अर्जुन बोसेलले ‘गोठालो’ नाम दिईएको गीत युटुव मार्फत बजारमा ल्याएका हुन् ।

प्रेम र सामाजिक परिस्थितीको बिषयमा गीतमा चित्रण गरिएको छ । गीतको म्युजिक भिडियोमा गायक तथा मोडेल योगेश काजी, गिता ढुङ्गानाको अभियान रहेको छ । गीतमा सर्जक बोसेलको स्वर, शब्द र संगीत रहेको छ ।

योगेश काजीको संगीत संयोजनमा ओम मेगा अडियो एण्ड भिडियो प्रोडण्सन, न्यूयोर्कमा गीत रेकर्ड गरिएको हो । अर्जुन बोसेलको अफिसियल युवटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा छायाङ्न अनिल कृष्ण मानन्धर र अभिनाश मानन्धर, सम्पादन प्रविण भट्ट, निर्देशन कलाकार देवेन्द्र बल्लु तथा कथा, कन्प्सेप सर्जक बासेलको रहेको छ ।

भिडियाे