यो वर्ष बागलुङमा भदौरे जात्रा नहुने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, साउन २३ २០७७

बागलुङका नेवार समुदायले सञ्चालन गर्दै आएको भदौरे जात्रा यो वर्ष नहुने भएको छ । कोरोना भाईरस महामारीका कारण यसबर्ष जात्रा रोकिएको शाक्य कल्याण समाज बागलुङले जनाएको छ ।
बिहिबार बसेको समाजको बैठकले यस वर्षका लागि भदौरे जात्राअन्र्तगत पर्ने लाखे नाच, जोगी नाच, रोपाई जात्रा, कटुवाल नाच, होवा लगायतका नाच स्थगित गरेको हो ।
यहाँका नेवार समुदायले हरेक वर्ष जनै पुर्णिामाको दिनदेखि कृष्ण जन्माष्टमीको अघिल्लो दिनसम्म विभिन्न जात्राहरु देखाउने गरेका छन् । जात्रा गर्दा भीडभाड हुने संक्रमणको त्रास बढ्ने भएकाले जात्रा रोक्नुपरेको शाक्य समाजले जनाएको छ ।