तीज कोशेली ‘के मा चित्त दुख्यो मया लै’ बजारमा

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, साउन ९ २០७७

नेपाली लोक संगीतको बजार यतिबेला तीजका गीतले तताएको छ । देशका बिभिन्न ठाउँका कलाकारले ठाउँ र स्थानीय भाषाशैली अनुसारका गीत बजारमा ल्याईरहेका छन् ।

गीतमा नारीका बेदना, शासन व्यवस्थाको बेतिथीमात्रै होईन माया–प्रेमका खटपटहरु पनि समावेश हुने गरेका छन् । सुर्खेतकी गायिका पुजा क्षेत्रीले तीज विशेष कोशेली भन्दै ‘के मा चित्त दुख्यो मया लै’ एल्बम बजारमा ल्याएकी छिन् ।

युटुव च्यानलमार्फत यसै साता बजारमा आएको उनको गीतले युवापुस्ताको मन तानेको छ । गीतमा तय र शब्द शिव हमालको रहेको छ । स्वर चर्चित गायक राजु परियार र गायिका पुजा क्षेत्री दिएका छन् ।

मारुनी स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्जर कृष्ण बिक ‘भान्जा’ र रेकर्डिङ सुमन रानाले गरेका छन् । लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको अभिनय रहेको गीतको छायांकन अजय रेग्मी, सम्पादन/कलरिङ प्रविण भट्ट र निर्देशन मौसम हिमाली गरेका छन् ।