गायक रावलको तिज गित ‘मेरी काली’ सार्वजनिक (भिडियोसहित)

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
बुधबार, साउन ७ २០७७

 

कृष्ण संयोग बागलुङ, ७ साउन– नेपाली महिलाको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर गायक प्रेम रावलले तीज गीत कोसेली ‘मेरी काली’को म्यूजिक भिडियो युट्युवमा सार्वजनिक गरेका छन् ।

एस.पि.एस. म्युजिक क्रियशनको प्रस्तुती रहेको गीतमा गायक प्रेम रावलको लय तथा शब्द, गायिका ललिता पुन मगर र गायक रावलको स्वर दिएका छन् ।

एच.डी. क्रियशन नेपालको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको गीतमा म्यूजिक एरेन्जमेन्ट समित परियार, रेकर्ड बिमल छिनाल, मिक्सिङ खड्क बाजुराली र रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो ।

कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्ले निर्माण गरेको भिडियोमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र बबिता परियारको अभिनय, दुर्गा पौडेल छायांकन नविन घर्ति, सम्पादन र शंकर बिसीको निर्देशन रहेको छ ।

पुरा भिडियो हेर्नुहोस्: