मानव सेवा आश्रमका लागि बागलुङमा सांगीतिक साँझ सम्पन्न

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, फाल्गुन ११ २០७६

बागलुङ बजारमा सञ्चालित मानव सेवा आश्रमलाई सहयोग गर्नका लागि बागलुङ बजारमा सांगीतिक साँझ गरिएको छ ।
मानव सेवा आश्रममा रहेका वेसहारा तथा असहायहरुको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यका साथ गलकोट युथ ग्रुपले शनिवार सांगीतिक साँझ आयोजना गरेको हो ।
साँझको उद्घाटन ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले गर्नु भएको थियो । नगरप्रमुख नेपालीले आश्रमलाई सुव्यवस्थित हिसावले सञ्चालनमा सहयोग गर्न तथा अभियानमा लागेकाहरुलाई थप उत्साह प्रदान गर्न कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।
मानव सेवा आश्रमको पवित्र कर्ममा साथ दिन स्वतस्फूर्त रुपमा गलकोटका युवाहरु संगठित भएर सहयोगका लागि साँगीतिक कार्यक्रमको आयोजना गरिएको गलकोट युथ गु्रपका संयोजक प्रकाश कार्कीले जानकारी दिनुभयो ।
सांगीतिक साँझमा बागलुङको गलकोट क्षेत्रबाट उदाएका चर्चित कलाकारहरु विष्णु खत्री, बसन्त थापा, श्रीकृष्ण बम मल्ल, थानेश्वर गौतम, इश्वर सिंह, लक्ष्मी मल्ल, जिवन शाहनी लगायतका कलाकारले सांगीतिक प्रस्तुती दिनु भएको छ ।
कलाकारहरुले निशुल्क रुपमा प्रस्तुति दिएको कार्कीले बताउनुभयो । सांगितिक साँझमा हृदय विदारक नाटक लौरी र मानव सेवा आश्रमका केद्रिय अध्यक्ष रामजी अधिकारीले सकरात्मक सोच, परोपकार सम्वन्धि उत्प्रेरणात्माक प्रवचन दिनु भएको मानव सेवा आश्रमका संयोजक शिव खड्काले जानकारी दिनुभयो ।
साँगितिक साँझवाट प्राप्त भएको करिव १ लाख ८५ हजार एक सय रुपैया आश्रमलाई प्रदान गरिने कलकार एवँ मोडल जिवन शाहनीले जानकारी दिनुभयो । यसैबिच मानव सेवा आश्रमका केद्रिय अध्यक्ष रामजी अधिकारीले बागलुङका युवाहरुलाई सकरात्मक सोच, परोपकार सम्वन्धि उत्प्रेरणात्माक प्रवचन दिनु भएको छ ।
शनिवार बिहान रोट्रयाक्ट क्लव बागलुङले आयोजना गरेको कार्यक्रममा अधिकारीले युवाहरुको क्षमता बिकास र सकरात्मक सोचका बिषयमा प्रवचन दिनु भएको थियो v