राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्धारा बागलुुङ महोत्सवको उद्घाटन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष १२ २០७६

छैठो बागलुङ महोत्सव शुक्रवारदेखि रुपमा सुरु भएको छ ।
महोत्सवको उद्घाटनपछि बोल्दै संविधान सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पोखरादेखि घोडाबाँधेसम्मको सडक खण्ड आगमी असार अगाडी नै कालो पत्रे हुने बताउनुभयो ।
उहाँले गण्डकी प्रदेश सांस्कृतिक रुपमा धनी भएकाले कुुनै पनि मेला महोत्सवमा आउने पाहुुनालाई सम्मान लागि देखाउने झाँकी, संस्कृतिलाई राष्ट्रियता बनाउन समेत आग्रह गर्नुभएको थियो ।


अध्यक्ष तिमिल्सिनाले बागलुुङ पर्यटकीय क्षेत्रको सम्भावनाको क्षेत्र भएकाले पर्यटकीय पुुर्वाधार निर्माणसँगै पर्यटकीय आवास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कालीगण्डकीको तिरदेखि ढोरपाटनको शिरसम्म पर्यटकीय स्थलहरु रहेकाले त्यसको विकाससँगै प्रचारप्रसार सवै एकजुट हुुन आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष तिमिल्सीनाले उद्योग क्षेत्रलाई कमजोर बनाएर समृद्धि नआउने बताउनुभयो । उद्योगलाई सशक्त बनाउन राज्यले विशेष प्याकेज तयार गर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, ग्लोवल आइएमी बैङ्क तथा आइएमी गुु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रतिनिधि सभाका सदस्य देवेन्द्र पौडेल, गण्डकी प्रदेश सदस्य कृष्ण थापा, नेपाली काग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र थापा मगर, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संन्जिव कोइराला, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य दिलशुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, अमृत भट्टचन , बागलुङ उद्योग वाणिज्य संघका पुुर्व अध्यक्ष जयराम भारी, बसन्तकुमार श्रेष्ठ, धौलागिरी बहुमुखी क्याम्पस प्रमुख डाक्टर रामप्रसाद उपाध्याय लगायतले बोल्नुभएको थियो ।


कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता र महासचिव नरेश कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । महोत्सवमा खुुल्ला पुरुष भलिवल, लोक दोहोरी गित प्रतियोगिता, अन्धानिसान प्रतियोगिता, धनुषबाण प्रतियोगिता लगायत बाल उद्यान मेलाको आयोजना गरिएको उद्योग वाणिज्य
महोत्सवमा ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिक परिचय पत्र भए टिकट नलाग्ने बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव पुस २० गतेसम्म सञ्चालन हुनेछ ।