बागलुुङ महोत्सवमा जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, पुष ८ २០७६

पुस ११ देखी २० गते सम्म सञ्चालन हुुन लागेको बागलुुङ महोत्सवको तयारी तिव्र पारिएको छ ।
उद्योग वाणिज्य संघ बागलुुङले आयोजना गरेको छैठो बागलुुङ महोत्सवको तयारी तिव्र पारिएको सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कला संस्कृतिको संरक्षणसँगै स्थानिय उत्पादनलाई व्यापारिकरण गर्ने उद्धेश्य सहित आयोजना हुुन लागेको छैठौँ बागलुुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव धौलागिरी बहुुमुुखी क्याम्पसमा संचालन हुनेछ ।
महोत्सवमा २ सय २० स्टल मध्ये २ सय स्टल बुुकिङ भैसकेको उद्योग वाणिज्य संघ बागलुुङका महासचिव नरेश कँडेलले जानकारी दिनुुभयो । महोत्सवको उद्घाटनको पहिलो दिन सांस्कृतिक झाँकी सहित कृषकहरुको कृषि झाकी समेत प्रदर्शन हुनेछ ।
महोत्सवमा खुुल्ला पुुरुष भलिबल, लोक दोहोरीगित, अन्ध निसान, धनुुषबाण प्रतियोगिता लगायत बाल उद्यान मेलाको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुुभएको छ ।
महोत्सवको अवसरमा नेपाल भम्रण वर्षलाई सफल बनाउन अग्रेजी नयाँ वर्ष सन् २०२० जनवरी १ तारिखका दिन बागलुुङ भित्रने ५ नाकामा पाहुुनालाई स्वागत गर्ने समेत तयारी रहेको अध्यक्ष राजभण्डारीले बताउनुुभयो ।


स्थलमा बागलुुङमा उत्पादन हुुने कृषि बस्तुु लगायत होमस्टेमा स्थानिय परिकारको प्रदर्शनी, कालीगण्डकी सभ्यता बचाउँ अभियान समेत कार्यक्रम सञ्चालन हुन लागेको महासचिव कँडेलले जानकारी दिनुुभयो । महोत्सवमा १३ औँ सागमा बागलुुङबाट सहभागी भएर पदक विजेता खेलाडीहरुलाई सम्मान समेत गरिने बागलुुङ उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
महोत्सवमा करिब १ करोड ५१ लाख रुपैयाँ आम्दानी र १ करोड २१ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवबाट आम्दानी भएको रकमले बागलुङको पर्यटन, व्यवसाय लगायत अन्य विकासको काममा सहयोग गर्ने संघले जनाएको छ ।
महोत्सव अवधिभर जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई प्रवद्धर्न गर्ने बताइएको छ । महोत्सवमा ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिक परिचय पत्र भए टिकट नलाग्ने बागलुुङ उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार राजेसचन्द्र राजभण्डारीले बताउनुुभएको छ ।