बागलुङ महोत्सवको तयारी तिब्र

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, मंसिर २០ २០७६

बागलुङमा आगामी पुसमा हुने बागलुङ महोत्सवको तयारी तिव्र पारिएको छ ।
पुस ११ गतेदेखि २० गतेसम्म धौलागरि बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने महोत्सवको ७० प्रतिशत तयारी पूरा भएको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
महोत्सवको लागि २ सय वटा स्टल बुकिङ भएको महोत्सव स्टल संयोजक गणेश लम्सालले जानकारी दिनुभयो । महोत्सवमा जिल्लामा उत्पादित सुन्तला च्याउ तरकारी र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर राखिने छ ।
कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकार ३६ जनाको प्रस्तुति रहने कलाकार उपसमितिका संयोजक उमाकान्त शर्मा बाबुले बताउनुभयो । महोत्सवमाबाट उद्योग बाणिज्य संघले १ करोड १७ लाख आम्दानी १ करोड ८ लाख खर्च हुने अनुमान गरेको कोषाध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो ।
बागलुङ उद्योग बाणिज्य संघले गतबर्षको महोत्सवबाट ११ लाख आम्दानी गरेर संघले अहिलेसम्म अक्षयकोषमा १६ लाख संकलन गरेको छ । पर्यटन बर्ष २०२० सफल बनाउन पुस १७ गते डिजे कार्यक्रम संचालन गरि नयाँ बर्ष २०२० को स्वागत गरिने छ ।