बागलुङ क्षेत्र २ (ख) मत परिमाणः बाम अग्रता कायमै

बाम ४७४ मतले अगाडि
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर १५ २០७६

बागलुङ क्षेत्र नम्बर २ ख मा भएको उप निर्वाचनको मतगणनाको सुरुवाति चरणमा वाम गठबन्धनले अग्रता लिएको छ ।

हालसम्मको मत परिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार खिमविक्रम शाहीले ३ हजार ५ सय १४ मत लिएका छन् भने कांग्रेसका जित शेरचनले ३ हजार ४० लिएका छन् ।

समाजवादी पार्टीका अशोक विकले १ सय ३२, स्वतन्त्र–क्लिप चिन्हमा ५१ स्वतन्त्र उम्मेद्वार सन्तोष भण्डारी १६, राप्रपा संयुक्तले १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३, राष्ट्रिय जनमुक्ति पार्टीले ७, मंगोल नेशनल अर्गनाइजेशन १ लिएको छ भने १२४ मत बदर भएको छ ।