बागलुङ क्षेत्र २ ख मत परिमाणः कांग्रेस ८१ मतले अगाडि

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर १५ २០७६

बागलुङ क्षेत्र नम्बर २ ख मा भएको उप निर्वाचनको मतगणनाको सुरुवाति चरणमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर १ देविस्थान मावि केन्द्रमाखसेको मतगणना गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार खिमविक्रम शाहीले १ हजार ५ सय ४६ मत लिएका छन् भने कांग्रेसका जित शेरचनले १ हजार ६ सय २७ लिएका छन् ।

समाजवादी पार्टीका अशोक विकले ८२ स्वतन्त्र–क्लिप चिन्हमा १५ स्वतन्त्र उम्मेद्वार सन्तोष भण्डारी ७, राप्रपा संयुक्तले १०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ लिएको छ भने ५७ मत बदर भएको छ ।