गल्कोट घुम्टे महोसत्वः बागलुङ बजारमा मोटरसाईकल ¥याली

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, मंसिर ३ २០७६

गल्कोट घुम्टे महोत्सव—२०७६ को पूर्वसन्ध्यामा जिल्ला पर्यटन विकास समिति बागलुङले बागलुङ बजारमा सोमबार मोटरसाईकल ¥याली निकालेको छ ।
गल्कोट महोत्सवको प्रचार प्रसार र पर्यटक भित्राउने उदेश्यले मोटरसाईकल ¥याली सम्पन्न गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
गल्कोट लगायत समग्र जिल्लाको पहिचान तथा पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न गल्कोट महोत्सव महत्वपुर्ण बन्ने बताउँदै अध्यक्ष खड्काले त्यसको लागि गल्कोट महोत्सवलाई सबैले भरपुर उपयोग गर्न आग्रह गर्नुभएको थियो ।

बागलुङ बजार समीक्षालय चोकबाट शुरु भएको ¥यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी सोही स्थानमा गएर समापन भएको थियो । गल्कोट घुम्टे महोन्सव घुम्टे पर्यटन विकास केन्द्रको आयोजना तथा जिल्ला पर्यटन विकास समितिको सहआयोजनामा यहि मंसिर ४ गतेदेखी ११ गतेसम्म संचालन हुदैछ ।