दोस्रो गलकोट घुम्टे महोत्सवको तयारी अन्तिम चरणमा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर १ २០७६

दोस्रो गलकोट घुम्टे महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजकले हरिचौर बसाहफाँटमा शनिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना ग्िर तयारि अन्तीम चरणमा पुगेको जानकारि दिएको हो ।
महोत्सवको उद्घाटन गर्न गृहमन्त्री राम बहादुर थापा बादल आउने बताइएको छ । महोत्सब संचालनको लागी १ करोड ४५ लाख बराबरको आम्दानी तथा सोही बराबरको खर्चको अनुमान गरिएको छ ।
गलकोटको स्थानिय कला सँस्कृति स्थानिय उत्पादन, गलकोट क्षेत्रको मौलिक कला सँस्कृतिलाई प्रसारप्रसार गर्ने, गलकोटको विकासका लागि गलकोटमा रहेको स्थानिय पुँजीलाई चलाएमान गराउने, स्थानिय स्तरमा रहेका क्षमता प्रतिभालाई अवसर दिने गरि महोत्सवको आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सव सचिवालय सदस्य यम श्रीसले जानकारी दिनभयो ।
आगामी मंसिर ४ गते देखि ११ गते सम्म गलकोट नगरपालिका–ं ५ हरिचौरको बसाहफाँटमा हुन लागेको महोत्सवमा गलकोट नगरपालिका, ताराखोला गाँउपालिका, बरेङ गाँउपालिका बढिगाढ गाउपालिका र छिमेकी पालिकामा रहेका कला सँस्कृतिको प्रदर्शन गरि गलकोटलाई पर्यटकिय हवको रुपमा विकास गरिने छ ।
महोत्सव सफल पार्नको लागि ७ सय ३७ जना मुल आयोजक समिति र १ सय बढि सल्लाहकार सदस्य र ३५ जना रहेको सचिवालय समिति समेत गठन गरिएको छ ।
अहिले सम्म विभिन्न संघ संस्था, पालिकाहरुको सहयोगबाट १ करोड रकम संकलन भएको महोत्सव आर्थिक संकलन संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । त्यस्तै महोत्सवका लागि टिकट शुल्क समेत निर्धारण गरिएको छ ।
महोत्सव प्रवेशका लागि साधारण व्यक्तिलाई ८० रुपैया र विद्यार्थीहरुका लागि परिचय पत्र सहित उपस्थित भएमा ५० रुपैया निर्धारण गरिएको छ ।