नेपाल सरकारका प्रतिनिधिहरुले आज स्थलगत अनुगमन

प्रदेश मन्त्री बस्नेतव्दारा लाबाङ खानेपानीको अनुगमन
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक २४ २០७६

नेपाल सरकारका प्रतिनिधिहरुले कालिगण्डकी करिडोर अन्र्तगत बागलुङ खण्डको अनुगमन गरेका छन् ।

यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम सुचारु गराउन नेपाल सरकारका प्रतिनिधिहरु शनिवार स्थलगत अनुगमन गर्न बागलुङ आएका हुन् ।

करिडोरको भैतिक तथा पूर्वाधार मन्त्रालयका सचिव देबेन्द्रबहादुर कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, अर्थ मन्त्रालयका सह–सचिव उद्धवकुमार खत्री, रक्षा मन्त्रालयका सह–सचिव जीतबहादुर सुनुवार, नेपाली सेना निर्माण कार्यदल निर्देशनालयका प्रमुख रामधर श्रीस लगायतको टोलीले स्थलगत निरीक्षण गर्नुभएको थियो ।

२०७० वैशाख २० गते नेपाली सेनाको निर्माण कार्यदलले जिम्मा लिएको सडकको ट्रयाक सम्पन्न भई बागलुङ खण्डको ३५ किलोमिटर सडक असार मसान्त सम्म काम सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्नेगरी सडक चौडा पार्ने कार्य शुरु भएको कालिगण्डकी करिडोर निर्माण कार्यदलका इन्जिनियर रेशमीराज भट्टराईले जानकारी दिनुभयो ।

करिडारको मालढुङ्गा वलेवा विमानस्थल सम्मको १० किलोमिटर सडकलाई १० मिटर चौडा पार्ने कार्य सम्पन्न गरेको नेपाली सेनाले पुनः विमानस्थल देखि जैमिनी नगरपालिका–६ सम्मको १० किलोमिटर सडकलाई चौडापार्ने कार्य थालिएको हो ।

जसका लागि बजेटको व्यवस्थापन गर्नका लागि भौतिक तथा पूर्वाधार, अर्थ मन्त्रालय र सडक विभागको टोली सडक निरीक्षणका लागि बागलुङ आएको भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

यसैगरि गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले ताराखोला लावाङ खानेपानी तथा सरसफाइ आयोजनाको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।

ताराखोला गाउँपालिका वडा न ४ तारामा प्रदेश सरकारको लगानी र खानेपानी डिभिजन कार्यालय बागलुङको संचालनमा आब २०७५÷७६ मा संचालित योजनाको मन्त्री बस्नेतद्वारा निरीक्षण भएको हो ।

निरीक्षण र अनुगमन पछि बोल्दै मन्त्री बस्नेतले गण्डकी प्रदेश भित्र खानेपानीको समस्याबाट कोहि बन्चित हुन नपरोस भनी कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । ताराखोला गाउपालिका आफैंमा स्रोत साधनले सम्पन्न गाउँपालिका भएकोले पनि स्रोत साधनको अधिकतम प्रयोग गर्दै छिट्टै काचुली फेर्ने कुरामा विश्वस्त रहेको मन्त्री बस्नेतले बिश्वास व्यक्त गर्नु भयो ।

आयोजनाको बारेमा जानकारी दिदै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख राजेन्द्र न्यौपानेले प्रदेश सरकारको १ करोड ६६ लाख र उपभोक्ता समितीको १ करोड ३१ लाख गरि कुल २ करोड ७६ लाख बराबरको लगानीमा ७० घरधुरीमा ७० वटा धारा निर्माण भएको जानकारी दिनुभयो । कार्यालय प्रमुख न्यौपानेका अनुसार आयोजना सहित ताराखोला गाउपालिका भित्र ८ वटा आयोजनाहरु क्रमागत रुपमा संचालन भैरहेको छ ।

अनुगमन कार्यक्रममा प्रदेश सांसदद्वय चन्द्रबहादुर बुढा, दिलमाया रोका, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती, उपाध्यक्ष दिल कुमारी पुन रोका, वडा न ४ र ५ का अध्यक्ष जित बहादुर खत्री, राम बहादुर रोका लगायत अन्य जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम लावाङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष सूर्य बहादुर घर्तीको अध्यक्षता, वडा अध्यक्ष जित बहादुर खत्रीको स्वागत र सचिब तम बहादुर घर्तीको संचालनमा सम्पन्न भएको थियो ।