उपनिर्वाचनः बागलुङ क्षेत्र २ ख मा बाम गठबन्धन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, कार्तिक १८ २០७६

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा बागलुङमा नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने भएको छ ।

नेकपा सचिवालयको आईतबार बसेको बैठकले बागलुङ क्षेत्र न। २ ‘ख’को प्रदेश सभा सदस्यको निर्वाचनमा जनमोर्चालाई समर्थन गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपाको निर्णयले बागलुङमा बाम गठबन्धनलाई निरन्तरता दिने भएको छ ।