तीज मेलाको आयव्यय सार्वजनिक

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, भाद्र ३០ २០७६

जनसेवा युवा क्लबले हरितालिका तीजमा आयोजना गरेको तीज उत्सव २०७६ को आयव्यय सार्वजनिक गरेको छ ।
क्लबले आईतबार कार्यक्रम गरी तीज उत्सव सम्पन्न गर्नको लागि आर्थिक सहयोग तथा भलिबल र नृत्यको दर्ता शुल्कबाट ५ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको र कार्यक्रम सम्पन्न गर्दा ४ लाख ४३ हजार रुपैयाँ खर्च भएको जानकारी गराइएको थियो ।
उक्त अवसरमा तीज उत्सवको समिक्षा कार्यक्रममा क्लबका निर्वतमान अध्यक्ष रन बहादुर थापाले क्लबको विगत र अबको कार्य्दिशाको विषयमा सहजिकरण गरेका थिए । उहाँले अब क्लव तीज कार्यक्रममा मात्र सिमित नभइ अन्य रचनात्मक तथा सामाजिक उद्देश्यका कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
क्लवका अध्यक्ष मिनराज रोकाको अध्यक्षता, उपाध्यक्ष रिता थापाको स्वागत र सचिव दिल रानाको संचालनमन सम्पन्न भएको थियो ।