सुन्तलाको प्रबद्र्धन गर्नेगरी सरकारले कार्यक्रम ल्याउनेः मुख्यमन्त्री पाण्डे

बाँसखर्कमा पहिलोपटक सुन्तला महोत्सव
धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, माघ १२ २០८१

पर्वतको जलजला गाउँपालिका १, बासखर्कमा शुक्रबार सुन्तला महोत्सव गरिएको छ ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुन्तलाको प्रबद्र्धन गर्नेगरी गण्डकी प्रदेश सरकारले कार्यक्रम ल्याउने बताउनुभयो ।
उहाँले नगदेबालीबाट किसानले प्रशस्त मुनाफा गर्नसक्ने भएकाले सरकारले सोही अनुसारका कार्यक्रम ल्याउने भन्नुभयो ।
यहाँको सुन्तलाको स्वाद चखाउन र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जलजला गाउँपालिकाले पहिलोपटक यहाँ सुन्तला महोत्सव गरेको हो ।


सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहन गर्न र यहाँको स्वदिलो सुन्तलालाई देशभर प्रचारप्रसार गर्ने उद्देश्यले गाउँपालिकाले एकदिने महोत्सवको आयोजना गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

बासखर्कको गाउँभरी सुन्तला खेती गरिएको छ । अहिले सुन्तला पाकेर गाउँ नै पहेँलपुर भएको छ । महोत्सवले सुन्तलाको बजारीकरणमा सहयोग र किसानलाई हौसला प्रदान गर्ने विश्वास गरिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राष्टिय सभा सदस्य मनरुपा शर्मा प्रदेश सचिव ,बाबुराम विष्ठ ,गण्डकी प्रदेश शभा सदस्य रेखा गुरुङ, गण्डकी प्रदेश शभा सदस्य भक्त कुवर ,सहकारी मन्त्री पद्मा जिसि श्रेष्ठ , पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बस्याल जलजला गाउँपालिकाका सस्थापक अध्यक्ष याम बहादुर मल्लले जनताको नीतिगत बिकासको विषयमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

सडक, पुर्वाधार बिकास कृषि क्षेत्रमा आएका समस्यालाई सहयोग हुने बताउदैँ शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम वडा अध्यक्ष जग बहादुर रोकाको अध्यक्षता, गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको स्वागत तथा युवाराज अर्गजाको सञ्चालनमा सम्पन्न भएको थियो ।
महोत्सवको अवसरमा सबैभन्दा बढी सुन्तला फलाउने, परिश्रमी र पुराना किसानहरू मध्ये अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।