दीपक मनाङेले लिए १४ महिनापछि सांसदको सपथ

धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति :
सोमबार, माघ १४ २០७५

गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उहाँको सपथ भएको हो । सोमबार प्रदेशसभा भवनमा सभामुख नेत्रनाथ अधिकारीले राजीव गुरुङको पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो ।

मनाङको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङे प्रदेशसभामा एक हजार ४१० मत ल्याएर विजयी हुनुभएको थियो । तर विभिन्न विवादित विषयहरूमा मुछिनुभएको उहाँलाई सांसदको सपथ खान अदालतले दिएको आदेशले रोकेको थियो ।

पुनरावेदन अदालत पाटनले २०६९ मा उहाँलाई ५ वर्ष जेल सजाय तोकेको थियो । त्यतिबेला फरार उहाँले हाल मुद्दा ब्यूँतिदा सपथ खान पाउनुभएको थिएन ।

पुनरावेदनको सजाय सच्याउन उहाँले सर्वोच्चमा पुनरावेदन निवेदन दिनुभएको थियो । तर पुनरावेदनकै सजायलाई सर्वोच्च अदालतले गएको माघमा सदर गरेपछि उहाँ भूमिगत हुनुभएको थियो । तर वैशाख ७ गते उहाँलाई प्रहरीले पक्राउ ग¥यो । नयाँ फौजदारी संहिता अनुसार १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे गत पुस ६ गते छुट्नुभएको थियो ।