मुस्ताङको स्याउ बजारमा पठाउने तयारी

धौलागिरी एफएम संवाददाता, मुस्ताङ / प्रकाशित मिति :
शुक्रबार, भाद्र १९ २០७७

मुस्ताङको मार्फामा उत्पादित स्याउ आगामी असोजको पहिलो सातादेखि बजारमा आउने भएको छ । स्याउ करिब पाकिसकेको भएपनि बजार पठाउन टिप्नेदेखि व्यवस्थापनको काममा भने बाँकी रहेको मार्फाका स्याउ उत्पादक कृषक दिपक लालचनले बताउनुभयो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मुस्ताङको बैठकले स्याउ र तरकारी खरिद बिक्रीको व्यवस्थापनमा स्थानीयलाई नै खटाउनुपर्ने निर्णय गरेको छ ।
बैठकले स्याउ बगैंचा धनीको जिम्मेवारीमा वडाबाट सिफारिस लिई थोक तथा बिक्रेतालाई क्वारेन्टाइनमा सुरक्षा मापदण्ड पालना गरी बगैचा हेर्न पाउने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो ।
गत वर्षको तुलनामा केही कम फले पनि यसवर्ष ५ हजार ५ सय मेट्रिक टन स्याउ बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कर्यान्वयन इकाई मुस्ताङले जनाएको छ ।
गतवर्ष ५ हजार ५ सय २८ मेट्रिक टन स्याउ निर्यात भएकोमा यसवर्ष उत्पादनमा ह्रास आएपछि राम्रोसँग पाक्न पाएकोले मुल्य भने धेरै पर्ने अपेक्षा गरिएको छ ।