मुला बिक्री नभए पछि भैसीलाई दाना

#सिधै बजार पु¥याउँदा गाडी भाडा समेत नउठ्ने
बल बहादुर रोका, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष २१ २០७५

मुला उत्पादनको पकेट क्षेत्र बागलुङ अमरभूमिका कृषकले उत्पादन गरेको मुला बिक्री नभए पछि कृषकहरु चिन्तित भएका छन् ।
मुख्यखेतीको रुपमा उत्पादन हुने मुला खरिदको लागि व्यावसायीले चासो नदिए पछि उत्पादन मुला बारीमा कुहिनुका साथै कृषकहरुले भैसीलाई दानाको रुपमा प्रयोग गर्न थालेका हुन ।
ताराखोला गाउँपालिका– १ माझखर्कको मुलावारीमा उत्पादन भएका मुला व्यावसायीहरु कृषी क्षेत्रमा नपुगे पछि मुला कुहिन थालेको स्थानिय तिलकुमारी घर्तीले बताउनुभयो । ‘सानो सानो परिमाणको उत्पादन कृषकले बजार पु¥याउँदा गाडी भाडा समेत उठ्दैन उहाँले भन्नुभयो–‘व्यापारी आएर उठाएनन् ।’
बागलुङको ताराखोला गाउँपालिका १ माझखर्क मुलावारीको नाम परिचित भए पनि अहिले आएर स्थानियले मुला बिक्री गर्न चासो राख्न छाडे पछि मुलावारीमा उत्पादन हुने अर्गानिक खेती मुला गाउँमा नै कुहिन र घरपालुवा जन्तुलाई खुवाउन थालेको माझखर्क बासीले बताएका छन् ।
गाउँमा सडक सञ्जालले नजोदिदासम्म बोकेर नै बजारसम्म ल्याउने किसानले अहिले गाउँमा चाना , धजरा , गुन्द्रक बनाउँदै आएको घर्तीको भनाई छ । गाउँमा गाडी भाडा समायोजना नहुदा पनि कृषी उत्पादन बजार पु¥याउन समस्या आएको ताराखोला गाउँपालिका– १ का वडा सदस्य खर्क बहादुर घर्तीले जानकारी बताउनुभयो ।
आलु लगाउने समेत नजिकिए पछि कृषकहरुले मुला धमाधम उखेलेर वस्तुभाउलाई खुवाउन थालेका छन । मुलाबाट तयार पारिएको धजरा तीन सय रुपैयाँ केजी, चाना चार सय रुपैया पाथी र गुन्द्रुक १५० रुपैया पाथी बिक्री हुने स्थानिय तिलकुमारी घर्तीले बताउनुभयो ।
ताराखोला गाउँपालिकाका उपप्रमुख दिलकुमारी पुनले स्थानीय उत्पादनहरुको सहज बजारिकरणका लागि आवश्यक पहल गर्ने बताउनुभयो । ‘किसानहरुको उत्पादनलाई प्रोत्साहित गर्ने कार्यक्रम त छ, तर अब बजारिकरणमा पनि हामीले बिशेष ध्यान दिनुपर्ने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘अब उत्पादन बढाएर व्यवसायिक बनाउन मात्र होइन, त्यसलाई उपर्युक्त मुल्य सहित बजार प्रर्वद्धनमा पनि गाउँपालिकाले पुलको काम गर्नेछ ।’