बागलुङका एक परिवारको सत्र वर्षपछि पुर्नमिलन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, साउन २ २០७७

मानवसेवा आश्रम बागलुङले परिवारको सम्पर्कबाट टाढा रहेका एक युवालाई सत्र बर्षपछि परिवारमा पुर्नमिलन गराएको छ ।
आश्रमकी संचालक सुमिरा लामाले बागलुङ नगरपालिका वडा नं. ३ का नगेन्द्र पन्तलाई परिवारसँग भेटाएर पुर्नमिलन गराउनु भएको हो । ५ महिनादेखि आश्रममा बसेका ती युवाले बल्ल आफ्नो घर मुलपानी भएको बताउनुभएको थियो ।
खोजी गर्दै जाँदा उहाँको परिवार भेटिएको हो । पन्त २०६० सालमा रोजगारीका लागि बिदेश गएका जानुभएको थियो । कोरिया पुगेका पन्त गएको केही समयपछि नै सम्पर्क बिहिन भएकोले परिवारले खोजी गरिरहेको थियो ।
लामो समयको खोजीपछि पनि पत्ता नलागेपछि केही बर्षदेखि भने आसै मारेर खोजी गर्न समेत छाडेका थिए । ३५ बर्षिय पन्तलाई सत्र बर्षपछि आश्रमले घर लगिदिंदा परिवारका सदस्य अचम्मित भएका थिए ।
काठमाण्डौको सडकमा अलपत्र अबस्थामा भेटिएपछि उहाँलाई मानवसेवा आश्रमले संरक्षणमा लिएको थियो । आश्रमको बागलुङ शाखामा ५ महिना बसेपछि मात्रै उहाँले आफ्नो घर बागलुङकै मुलपानी हो भनेपछि आश्रमकी संचालक सुमिरा लामाले घर लगेर छाड्नु भएको हो ।