अनियमितता छानबिन गर्न माग गर्दै कांग्रेस बागलुङको ज्ञापन पत्र पेस

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, असार ३ २០७७

कोरोना भाईरस संक्रमण सम्बन्धी स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै नेपाली काँग्रेस बागलुङले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापाको नेतृत्वमा प्रशासन कार्यालयमा पुगेको टोलीले बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु मार्फत प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापन पत्र पेस गरेको हो । ज्ञापन पत्रमा मुलुक कोरोना संक्रमणले ग्रसित भएको बेला स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको अन्त्य हुनुपर्ने उल्लेख छ ।
त्यस्तै पीसीआर जाँचको दायरा बढाउनुपर्ने, ब्यवस्थीत क्वारेन्टीन निर्माण, व्यवस्थीत अस्पताल र बेदेशबाट आउने नागरिकको उद्धारका लागि जुट्नुपर्ने लगायतका माग समेटिएको छ । काँग्रेस सभापति थापाद्धारा हस्ताक्षेरित ज्ञापनपत्रमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको तत्काल छानबिन गर्नुपर्ने उल्लेख गरिएको छ ।
सभापति थापा सहित पुर्ब पार्टी सभापति प्रकाश शर्र्मा पौडेल, हरी प्रसाद श्रेष्ठ, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, कोषाध्यक्ष उमेश गौतम, चित्रबहादुर कार्की लगायत भातृ एबं शुभेच्छुक सघंका प्रमुख एबं प्रतिनिधीले सामाजिक दुरी कायम गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जतिसक्दो छिटो प्रधानमन्त्रिको कार्यालयमा पठाईदिने प्रतिबद्धता जनाउनुभयो ।