४ युवाले कोरोना भाईरसलाई जितेर घर फर्के

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, जेष्ठ २९ २០७७

लागिरि अस्पताल भर्ना भएको १५ दिनमा बागलुङका चार युवाले कोरोना जितेर घर फर्केका छन् ।
बुधबार अस्पतालबाट डिस्चार्ज हुनेहरुमा बडिगाड गाउँपालिका वडा नम्बर ६ का बिबेक बिक र र वडा नम्बर ७ का अनिल बोक्तेल, तमानखोला गाउँपालिका वडा नं. ३ का रोहित बुढा र गोबिन्द बुढा रहेका छन् । उनीहरु गत जेठ १४ गते अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार अस्पतालमा भर्ना भएको १४ दिनपछि कुनै लक्षण नदेखिएमा डिस्चार्ज गर्ने प्रावधान अनुसार बडिगाड गाउँपालिकाका २ जना र तमानखोला गाउँपालिकाका २ जनालाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी तिर्थ गौतमले जानकारी दिनुभयो ।
जेठ ९ गते गाउँ पुगेर १३ गतेसम्म क्वारेन्टाइनमा बसेका ती युवाहरु १४ गते कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना गरिएका ६ जनामध्ये तमानखोलाका २ र बडिगाडका २ जनाको दोस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।
कोरोना निको भएका चारजना युवालाई अझै एकसाता होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिनुभयो । लक्षण नदेखिएकोले उनीहरुबाट सर्ने संभावना नभए पनि सुरक्षित अवस्थामा रहन सुझाव दिएको डा. पोखरेलको भनाई छ ।
यसअघि संक्रमण देखिएपछि पहिले जस्तो लगातार दुई पटक नेगेटिभ आए डिस्चार्ज गर्ने प्रावधान रहे पनि आइसोलेसनमा भर्ना भएको १४ दिनसम्म संक्रमितमा कुनै लक्षण नदेखिए स्वतः डिस्चार्ज गर्ने निर्देशन जारी गरेकोले घर पठाईएको गौतमले बताउनुभयो ।
यस्तै उनीहरुसँगै संक्रमण देखिएका तमानखोलाका २१ बर्षिय २ जना पुरुषलाई केहि दिनपछि मात्र डिस्चार्ज गरिने गौतमले जानकारी दिनुभयो ।