बिहुँका कृषकलाई भ¥याङ र ब्रस कटर प्रदान

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, जेष्ठ २४ २០७७

बागलुङको काठेखोला गाउंपालिका वडा नम्बर ६ बिहुंले सुन्तला उत्पादक कृषकलाई शुक्रबार भ¥याङ र ब्रस कटर प्रदान गरेको छ ।
सुन्ताला खेती र पशुपालनको पकेट क्षेत्रको रुपमा चिनिने बिहँुका कृषकलाई सुन्ताला टिप्नका लागि भ¥याङ र झारपात काट्ने मेसिन प्रदान गरिएको हो ।
काठेखोला गाउँपालिकाको गौरबको आयोजना अन्र्तगत कृषकहरुका लागि बिभिन्न कृषिजन्य सामग्री वितरण गरिएको अध्यक्ष युक्त प्रसाद कँडेलले जानकारी दिनुभयो ।
यसअघि वडाले कृषकहरुका लागि पानी संकलन गर्न १ सय १४ थान प्याष्टीक पोखरी, ८५ वटा सुन्तलाको हांगा काट्ने मेसिन र ४९ वटा मिनी टेलर हलो वितरण गरेको अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।
बिहुंमा सुन्तलाका ११ वटा ब्लक निर्माण गरी सुन्तला खेती गरिएको छ । यस बर्ष बिहुंमा करिब २ करोड बराबरका सुन्तला बिक्री गरिको थियो ।