बसाइासराइको प्रभाव: पर्वत गाउापालिकाको कार्यक्रम पोखरामा

Dhaulagiri Fm / प्रकाशित मिति :
मंगलबार, पुष ३ २០७५

सामाजिक सुरक्षा सेवा प्रवाह कार्यक्रम अन्तर्गतका अधिकांश सेवाग्राही बसाइा सरेर पोखरा गए पछि पर्वतको महाशिला गाउापालिकाले पोखरामै पुगेर सेवा उपलब्ध गराएको छ ।

गाउापालिकाले पोखरामा एकदिने शिविरको आयोजना गरी लक्षित वर्गलाई सेवा उपलब्ध गराएको हो ।

ज्येष्ठ नागरिक परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको परिचयपत्रको नवीकरण र बैंक खाता खोलिदिएको हो । ‘अधिकांश सेवाग्राही पोखरामा रहेका र उनीहरू अशक्त, वृद्धवृद्धा भएकाले सहजै गाउा जान नसक्ने अवस्था भएकाले पोखरामै आएर सेवा दिइएको हो’ गाउापालिका अध्यक्ष राजु पौडेलले भन्नुभयो, ‘सानो कामका लागि हजारौं खर्चनुपर्ने अवस्थाको अन्त्यका लागि आफूहरू नै बजारमा आएका हौं ।’ राजयले लगानी गरेका व्यक्तिलाई सहज सेवा दिने दायित्व सम्झेर गाउापालिकाको प्रशासनिक खर्चमा यहाा आएको उहााको भनाइ थियो ।

महाशिला–पोखरा सम्पर्क समाजले शिविरको संयोजन गरेको थियो । गाउापालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कर्मचारी, राष्ट्रिय वाणिज्य बैंक लुंखु शाखाका कर्मचारी शिविरमा थिए । अध्यक्ष पौडेलले महाशिला–५ दुग्तान घर भई पोखरामा बस्दै आएकी ९१ वर्षीया बुद्धिसरा गुरुङलाई ज्येष्ठ नागरिक परिचयपत्र र उपहार समेत प्रदान गर्नुभयो ।

गाउापालिकाका प्रवक्ता जीवनविक्रम उचैका अनुसार शिविरमा ज्येष्ठ नागरिक परिचयपत्र ९५, सामाजिक सुरक्षा भत्ता प्रमाणपत्रको नवीकरण १ सय ३५ र ७७ जनाको बैंक खाता खोलिएको छ । ‘शिविरमा पोखराबाहेक काठमाडौं, बुटवल, चितवन, नवलपरासीबाट पनि सेवाग्राही आए’ उहााले भन्नुभयो, ‘सरकारले दिने सेवासुविधाबाट कोही पनि नछुटून् भनेर आएका हौं ।’ एउटा जिप रिजर्भ गरी जाादा २० हजार रुपैयााले पनि नपुग्ने, जाादा–आउादा सास्ती खेप्नुपर्ने र प्रमाणपत्र लिन र बैंक खाता खोल्न व्यक्ति स्वयं उपस्थित हुनुपर्ने अवस्थाले शिविरको आयोजना गरिएको उहााले प्रष्ट गर्नुभयो ।

कतिपय वृद्धवृद्धा र अशक्तलाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको थियो । समाजका अध्यक्ष योगेन्ऽ केसीले पोखरा लगायत सहरमा बसाइा सरेकालाई पुख्र्यौली थलोमा कृषि, पर्यटन लगायत क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन गाउापालिका समक्ष अनुरोध गर्नुभयो ।
पोखरामै आएर शिविर गरेपछि सेवाग्राही खुसी भएका थिए । भोक्सिङ घर भई पोखरामा बस्दै आएकी तालकुमारी मल्लले कामका लागि गाउा जान नपरेकोमा खुसी व्यक्त गर्दै सानो कामका लागि हजारौं खर्चनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।