आज १३ औं गणतन्त्र दिवस

धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति :
बिहिबार, जेष्ठ १५ २០७७

आज १३ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरि देशभर मनाईदै छ ।

संविधानसभाको पहिलो बैठकले विक्रम संवत २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ ।

आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो ।

गृह मन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गरी जेठ १४, १५ र १६ गते साँझ घर घरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि दीपावली गरी गणतन्त्र दिवस बनाउन आग्रह गरेको छ ।

२०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने दिने चलन थियो । तर, २०७५ सालदेखि यो विदा कटौती गरिएको छ । कोरोना महामारीका कारण यसवर्ष भने कुनै औपचारिक कार्यक्रम हुने छैनन् ।