पर्वत बेनीमा एनआइसीको एटिएम

Dhaulagiri Fm / प्रकाशित मिति :
सोमबार, पुष २ २០७५

पर्वतको जलजला गाउापालिका ३ बेनीमा एनआइसी एसिया बैङ्कले एटिएम सेवा सुरु गरेको छ ।

गत वर्षको माघदेखि वारिवेनीमा शाखा सञ्चालन गरेर वित्तिय सेवा प्रवाह गर्दै आएको एनआइसीले शुक्रबारदेखि एटिएम सेवा थप गरेको हो ।

स्थानीय ग्राहकका साथै मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरुलाई समेत लक्षित गरेर एटिएम सञ्चालनमा ल्याएको शाखा प्रबन्धक गणेश पौडेलले बताउनुभयो ।

भिसा नेटवर्कमा आवद्ध बैङ्कका सेवाग्राहीहरुले एटिएमबाट सेवा पाउने उहााले बताउनुभयो । देशभर शाखा सञ्जाल भएको एनआइसीले म्याग्दीको सदरमुकाम बेनीमा पनि शाखा विस्तारको तयारी गरेको छ ।