९ जना थपिदाँ, कोराना संक्रमितको संख्या ३०४ पुग्यो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, जेष्ठ ५ २០७७

नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । आज देखिएका संक्रमित रौतहट र बाराका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । काठमाडौंमा गरिएको परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक महिलामा संक्रमण देखिको हो । कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । कुल संक्रमित ३ सय चार मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन् । अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।