कोरोना संक्रमण रोकथाममा सकरात्मक संकेत

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, चैत्र ३០ २០७६

यति बेला विश्व कोरोना भाइरस संक्रमणले अस्तव्यस्थ छ । विश्व नै बन्द अवस्थामा छ । नेपालको छिमेकी देश चीनको बुहान सहरबाट फैलिएको कोरोनाले विश्वभर एक लाख बढीको ज्यान लिएको छ ।
लाखौँ बिरामी उपचार पछि घर फर्केका छन भने लाखौँको संख्यामा संक्रमित पहिचान भएका छन् । कोरोना भाइरसको मान्यता प्राप्त उपचार पद्धतीको विकास नभएको हुँदा पूर्वसतर्कता र सावधानी नै तत्कालिन उचित विधि मानिएको छ ।
विश्वभर फैलिएको कोरोना नेपालमा पनि फेला प¥यो । सुरुको अवस्थामा चीनबाट नेपाल भित्रिएका एक जनामा कोरोना पहिचान भएको थियो । जो अहिले उपचार पश्चात घर फर्केका छन् ।
छिमेकी भारत, खाडी तथा युरोपबाट नेपाल फर्किएका ७ र स्थानीय एक गरी हाल नेपालमा आठ जना कोरोना संक्रमित छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । भारतबाट फर्किएका युवाको परिवारमा कोरोना संक्रमण भेटिए पछि नेपाल अहिलो संक्रमणको दोस्रो चरणमा छन् ।
कुल आठ जना कोरोना संक्रमित मध्ये बागलुङका दुई जना हुन । उनीहरुको धौलागिरी अंचल अस्पताल बागलुङको आईसोलेसन वार्डमा राखेर उपचार भैरहेको छ । दुवै संक्रमितको दोस्रो स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।
बागलुङमा पहिचान भएको विरामीको परिवारका सदस्यको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । दुवै परिवारका सदस्यमा कोइरस संक्रमण नभएको पुष्टि भए पनि उनीहरुलाई होम क्वारेन्टिमा बस्न आग्रह गरिएको छ । सरकारले बागलुङ जिल्लालाई कोरोना संक्रमणको रेड एरिया अर्थात उच्च जोखिम युक्त क्षेत्रको रुपमा घोषण गर्दै विहिबारदेखि कोरोना ¥यापिड टेष्ट सुरु गरेको छ ।
चैत्र एक गते यता विदेशबाट घर फर्केर क्वारेन्टिनमा रहेका ८ सय ९३ जनाको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यका साथ सुरु भएको परीक्षणमा पहिलो र दोस्रो दिन ९४ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बागलुङले ¥यापिट टेष्टको रिजल्ट औपचारिक जानकारी दिएको छैन ।
यद्यपी परीक्षण पद्धती अनुसार ¥यापिट टेष्टमा नेगेटिभ रिजल्ट देखिएमा थप परीक्षण्को लागी स्वाव संकलन गरिदैन । १४ दिन बढी क्वारेन्टिनमा बसेका व्यक्तिहरुको मात्र ¥यापिड टेष्ट गरिन्छ । रगत मार्फत गरिने उक्त परीक्षण किटले १५÷२० मिनेटमै रिजल्ट देखाउने गर्छ ।
परीक्षण किटले कोरोना भाईरस पहिचान नभई सम्भावित व्यक्तिको शरीरमा ‘एन्टिवडी’ उत्पादन भए नभएको परीक्षण हुने छ । व्यक्तिको शरीरमा कोरोना सक्रमण भए उक्त किटले एन्टिवडी उत्पादनको अवस्था देखिने र त्यसपछि मात्र कोरोना परीक्षणको लागि स्वाब संकलन गरिने भएको छ ।
संक्रमित दुवै परिवारका सदस्यमा हालसम्म कोरोना पहिचान नहुनु र ¥यापिड टेष्टको दुई दिनमा पनि सकरात्मक रिजल्ट आउनु सकरात्मक संकेत मान्न सकिन्छ । यद्यपी यसको भय र त्रास हट्न सकेको छैन ।
बागलुङ कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश नगर्नुले कस्तो संकेत गरेको छ भनेर साथी नवीन शिशिर विकले स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलाई सोध्नुभएको छ ।