६५ बर्षिया संक्रमित महिलाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, चैत्र ३០ २០७६

धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारत कोरोना भाइरस संक्रमित ६५ बर्षिया महिलाको दोस्रो स्वास्थ्य परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । दोस्रो रिपोर्टसँगै उहाँको अस्पताल बसाई लम्बिएको छ ।
नेपालको छैठौं संक्रमितको रुपमा रहनुभएकी महिलाको बुधबार पुनः स्वाब संकलन गरी परिक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बुधबार पठाइएको थियो ।
शनिबार विहान उक्त स्वाबको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
संक्रमित महिला धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । शनिबार विहान रिपोर्ट पोजेटिभ आएपछि अबको केहि दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पतालले जनाएको छ ।
४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल घर आएकी बागलुङकी १९ बर्षिया युवतीको चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । युवतीमा कोरोना संक्रमण भएको देखिएपछि युवतीसँगै आएकी ६५ बर्षिया महिलाको स्वाब परिक्षण गर्दा चैत्र २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित दुवै धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड डाक्टर शैलेन्द्र बि. पोखरेलले बताउनुभयो ।