म्याग्दीमा कोरोनाको ¥यापिड टेष्ट सुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, चैत्र ३០ २០७६

म्याग्दीमा कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) सुरु गरिएको छ ।
कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले पहिलो चरणमा प्रवासबाट आएकाहरुमा कोरोनाको ¥यापिड टेष्ट सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
शनिवार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरि गरिएको ¥यापिड टेष्ट अभियानमा ३३ जनाको कोरोना परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।
जिल्लाको मालिका, धवलागिरी, मंगला, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा समेत प्रवासबाट आएकाहरुलाई लक्षित गरि क्रमिक रुपमा ¥यापिड टेष्ट गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
¥यापिड टेष्टमा नेगेटिभ देखिएपनि मन्त्रालयको कार्य्विधि बमोजिम नमुनाको रुपमा ६ जनाको स्वाब परिक्षणको लागि गण्डकी प्रदेश सरकार मातहतको परिक्षण केन्द्रमा पठाईएको छ । बेनीमा चैत यता आएकाहरुलाई १४ दिन नपुगेसम्मको लागि क्वारेनटाइनमा समेत राखिएको थियो ।
क्वारेनटाइनमा बसेकाहरुमा स्वास्थ्य समस्या नदेखिएपनि सम्भावित जोखिमलाई आंकलन गरि ढुक्क हुनको लागि ¥यापिड टेष्ट गरिएको कोरोना नियन्त्रण तथा रोकथाम कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।