बरेङको क्वारेन्टाइनमा रहेका ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, चैत्र २८ २០७६

बागलुङ जिल्लाको बरेङ गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ८ मध्ये ७ जनाको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरुको थ्रेट स्वावको नमूना बुधवार लिएर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पठाएका स्वावमध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले वताउनुभयो ।
गाउँपालिकाले जनता प्रा.वि. नयाँ बजार र शारदा मावि हुग्दीशीर बजारमा निर्माण गरेको क्वारेन्टाईनमा भारतबाट आएका चार चार जनालाई राखेको थियो । जनता प्रा.वि.मा अर्का एकजना वुटवलबाट आएको भएपनि उनको भने स्वाव संकलन नगरिएको बताइएको छ ।
नेपाल भारत सिमाको गौरीफन्टा नाकाहुँदै आएका कैलालीका एक युवामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै नेपाल छिरेका चार जनाको परीक्षणको लागि नमुना संकलन गरिएको थियो । उनीहरु भारतको कर्नाटकबाट धनगढीहुँदै पाल्पामा ७ दिन बसेर बागलुङको बरेङ आएका थिए ।
यसअघि बागलुङमा १८ जनाको स्वाव परिक्षण भैसकेको छ । परिक्षण गरिएकामध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १६ जनाको नेगेटिभ देखिएको छ । पोजेटिभ देखिएका दुबैको धौलागिरी अञ्चल अस्पतालको आईसोलेसन कक्षमा उपचार भैरहेको छ । बाँकी १६ जनाको रिपोर्ट नेगेटिभ आएपनि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको गुरौले जानकारी दिनुभयो ।
ब्ब