१५ शैयाको कोरोना अस्थायी अस्पताल

धौलागिरी एफ.एम. संवाददाता, पर्वत / प्रकाशित मिति :
बिहिबार, चैत्र १३ २០७६

कोरोना (केभिड १९)को उपचारका लागि पर्वतको कुस्मामा भेन्टिलेटरको सुबिधा सहित १५ शैयाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।
कुश्मा नगरपालिका, पर्वत अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सवै पालिकाहरुको सहयोगमा गुप्तेश्वर क्याम्पसमा कुश्मामा तयार गरिएको हो ।
कोरोनाको आशंका गरिएका विरामी आएमा उनीहरुको उपचार सोही अस्पतालबाट हुनेछ । अस्पतालमा भेन्टिलेटर सहितको सेवा प्रदान गर्ने तयारी गरिएको छ । ‘अक्सिजन र विरामीको उपचारका लागि आवश्यक इक्युमेटहरुको खरिद प्रक्रिया शुरु भईसकेको छ ।’ पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशीर देबकोटाले बताउनुभयो ।
बजारमा भेन्टिलेटरको अभाब भएका कारण राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकोे पहलमा यसको ब्यबस्थापन भएको पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो ।
विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीले सोहि अस्पतालमा बसेर विरामीहरुको उपचार गर्नेछन । त्यसका लागि डाक्टर र स्वास्थ्यकर्मीको लागि भान्सा घर समेत तयार गरिएको छ । अस्पतालमा विरामीका लागि छुट्टै भान्साको ब्यवस्थापन हुनेछ ।
आइसियूमा राख्नपर्ने बाहेकका सवै विरामीको उपचार सोही अस्पतालबाट गरिने भएको छ । विरामीको एक्सरेका लागि नीजि क्लिनिक र जिल्ला अस्पतालको एक्सरे प्रयोग हुनेछ । कोरोनाको ल्याव परिक्षणका लागि नमुना संकलन गरी काठमाण्डांैं पठाउनका लागि एउटा गाडी तयारी अवस्थामा राखिएको छ ।
अस्पतालका लागि तत्काल आबश्यक ५० लाख रुपैया पर्वतका सात वटै स्थानिय तहबाट जुटाउने निर्णय जिल्ला बिपद् ब्यबस्थापन समितिको बैठकले गरेको छ । अन्य स्थानिय तहले रकम दिन आनकानी गरेमा कुस्मा नगरपालिकाले नै सबै खर्च बेहोर्ने नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।