दुई जनालाई होम आईसोलेसनमा निगरानी राखियो

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, चैत्र ११ २០७६

नेपालमा दोस्रो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका किशोरीसँगै आएको बागलुङ ढोरपाटन एक युवा र कुँडुलेकी एक युवतीलाई होम आईसोलेनमा राखिएको छ ।
गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए पछि उनीसँगै एउटै जहाजमा आएका दुई जनालाई स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने गरी घरमै राखिएको हो ।
ति युवा कतारबाट आएर एक रात काठमाण्डौं बसेर भोलीपल्ट गृह जिल्ला प्रस्थान गरेका थिए । अहिले उनी आफ्नै जन्मगाउँमा रहेका छन् । गाउँ आएका युवा कोरोना संक्रमण भएका किशोरी सँगै आएको खबर पछि गाउँले थप भयभित भएका छन् ।
अधिकारीचौरका युवाको घरमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमारी नेपाली नेतृत्व स्वास्थ्यकर्मी सहितको टोली घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको थियो । उहाँको अवस्था सामान्य रहेकाले केही दिन परिवार र अन्य व्यक्ति भन्दा अलग्नै होम स्वारेनटाईमा राख्ने व्यवस्था मिलाएको नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षणको लागि सम्बन्धीत निकायमा जानकारी गराएको मेयर नेपालीको भनाई छ । यता कुँडुलेकी युवतीलाई ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिए पछि होम आईसोलेसनमा राखिएको छ । उहाँ युवती बेल्जीयमबाट घर फर्केको बताइएको छ । हाल उहाँको ज्वरो घट्दै गएको छ । स्वास्थ्यकर्मीले मोवाईलबाट नियमित निगरानी गरेका छन् ।
स्वास्थ्यकर्मीसँग सुरक्षा सामाग्री नहुँदा विरामी चेक जाँच गर्न अस्विकार गरेका छन् ।
धौलागिरी अंचल अस्पतालसँग स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) नहुँदा नमुना संकलनमा समस्या भएको धौलागिरी अंचल अस्पताल संचालक समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । ‘हामीसँग सुरक्षाका सामाग्री नहुँदा काम गर्न गाह्रो भएको छ’ शर्माले भन्नुभयो–‘स्वास्थ्कर्मीले अति जोखिम उठाउनु राम्रो होईन ।’
यस अघि गण्डकी प्रदेश सरकारले अंचल अस्पतालमा दुई वटा सुरक्षा सामाग्री उपलब्ध गराएको थियो । ति सामाग्री ज्वरो नाप्ने स्थानमा प्रयोग गरिएको छ । मंगलबार साँझसम्म पिपिई आएपछि नमुना संकलन हुने बताइएको छ । बागलुङ नगरपालिकाले अंचल अस्पताललाई पाँच सय थान माक्स र ज्वरो नाप्ने उपकरण प्रदान गरेको थियो ।
सरकारले युरोप, पश्चिम एसिया र खाडी क्षेत्रका सबै मुलुकबाट सीधा उडान र जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुलाई आगमनमा ७ चैतदेखि प्रतिबन्ध लगाएको थियो ।तर, त्यसपछि पनि निर्बाध रूपमा विदेशी र नेपाली नागरिक विदेशबाट आएका थिए ।

यसैबिच नगर क्षेत्रमा शंकास्पद बिरामीहरु भेटिन थालेपछि बिरामी चेकजाँच गर्नका लागि त्रास भएका डक्टरहरुको सुरक्षाका लागि बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको पहलमा प्रदेश सरकारवाट डाक्टरको प्रयोजनका लागि पिपिइ पाँच सेट आइपुगेको र अव उपचारमा सहज हुने बताईएको छ ।