हालसालै विदेशबाट फर्केका लेखानीका आठ जनालाई होम क्वारेनटाईनमा राख्ने

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, चैत्र ११ २០७६

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीले हालसालै विदेशबाट घर फर्केका आठ जनालाई होम आईसोलेनमा राख्ने भएको छ ।
वडाध्यक्ष चित्रकला श्रीसको अध्यक्षतामा मंगलबार बसेको बैठकले भारत, दुवै, कतार तथा जापानबाट घर फिर्ता भएकोहरुलाई १४ दिनसम्म आफ्नैमा अन्य व्यक्तिको सम्पर्क बाहिर रहेर बस्न आग्रह गर्ने निर्णय गरेको हो ।
कोरोनोको सम्भावित जोखिमलाई ध्यानमा राखेर आईसोलेसनमा राख्ने निर्णय गरिएको अध्यक्ष श्रीसको भनाई छ । बैठकले वडाध्यक्ष श्रीसको अध्यक्षतामा १७ सदस्यीय विपत व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सदस्यमा जनप्रतिनिधि, लेखानी भित्रका सम्पूर्ण विद्यालयका प्रधानध्यापक, स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा वडा सदस्य रहनुभएको छ । बैठकले लकडाउन अवधिभर मजदुरीबाट बञ्चित हुने ३७ परिवारको नाम गाउँपालिकामा सिफारिस गरेको छ । नाम सिफारिस भएका परिवारले गाउँपालिकाबाट राहत पाउने छन् ।
त्यस्तै, काठेखोला गाउँपालिका–४ तग्रामले संक्रमण रोकथाम तथा सतर्कताको लागि ठूलो गाउँस्ति सामुदायिक पाहुना घरमा ६बेड सहितको आईसोलेसन कक्ष निर्णय गरेको छ । भाईरस संक्रमणको लक्षण देखा परेमो वडा समन्वय समितिसँग समन्वय गरी आईसोलन कक्षमा राखिने छ ।
वडा कार्यालयले देश तथा विदेशका विभिन्न स्थानबाट वडाभित्र आउने सम्पूर्णलाई १४ दिनसम्म घरमै बस्ने, अनिवार्य मास्क प्रयोग गर्ने निर्णय गरेको वडाध्यक्ष केशर बहादुर थापाले जानकारी दिनुभयो ।