रामरेखा आधारभूत विद्यालय बागलुङमा क्वारेन्टाइन निर्माण गरिदै

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, चैत्र ११ २០७६

सरकारले कोरोना (कोभिड–१९) को संक्रमणबाट जोगाउन देशभर लकडाउनको घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय र यहाँका सरोकारवालाले क्वारेनटाइन निर्माणलाई तिब्रता दिएका छन् । बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित रामरेखा आधारभूत विद्यालयमा २० जना बिरामी अट्ने क्षमताको क्वारेनटाईन बनाउन लागिएको हो ।
सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाईरस रोकथामको लागि आइसोलेसन वार्ड बनाउन सकिने व्यवस्था गरेसँगै रामरेखा आधारभूत विद्यालयमा २० जना क्षमताको क्वारेन्टाइन निर्माण थालिएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले जानकारी दिए । प्रजिअ शैंजुका अनुसार, क्वारेन्टाइन निर्माणमा नेपाली सेना, मेडिकल टिम र नेपाल प्रहरी सक्रिय रहेको छ ।
उद्योग बाणिज्य संघ बागलुङले क्वारेन्टाइनको लागि आवश्यक सामग्री हस्तान्तरण गरेको महासचिव नरेश कँडेलले जानकारी दिए । क्वारेन्टाइनका लागि आवश्यक सामग्री सृष्टि फर्निचरका ऋषिराम गौतम, मनोविज्ञान स्टोर्सका मनोविज्ञान श्रेष्ठले सहयोग गरेका छन् । क्वारेन्टाइनका लागि आवश्यक कपडा, फर्निचर, लगायतका लगायतका सामग्रीको समेत जोहो भैसकेको महासचिव कँडेलले बताए ।