बागलुङ प्रवेशद्धारमा हेल्प डेक्स

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, चैत्र १០ २០७६

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनो भाइरस कोभिड १९ को सम्भावित संक्रमणलाई रोक्न बागलुङ जिल्लाको प्रवेशद्धार मालढुङगामा स्वास्थ्य सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ ।
बागलुङ नगरपालिकाले स्थापना गरेको हेल्पडेक्सबाट जिल्ला प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरिनेछ । बागलुङ नगरपालिकाले स्थापना गरेको हेल्प डेक्समा नेपाली सेनाको स्वास्थ्यकर्मी समेत खटिएका छन् ।


पहिलो दिन बागलुङ जिल्ला प्रवेश गर्ने १३१५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि हेल्प डेक्स स्थापना गरिएको र ज्वरोका रोगी भेटिए स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गर्ने तयारी गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।


यसैबीच, धौलागिरी अंचल अस्पताल बागलुङमा पनि स्वास्थ्य सहायकता कक्ष स्थापना गरिएको छ । सम्भावित जोखिमका विरामीलाई तत्काल उपचारको लागि सहयोग पु¥याउने उद्देश्यका साथ डेक्स स्थापना गरिएको छ ।
अति आवश्यक बाहेकका स्वास्थ्य सेवा लिन अस्पताल जानु उचित नहुने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।