विपन्न बर्गको घरघरमा सावुन र मास्क वितरण सुरु

धौलागिरी एफ.एम. संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शनिबार, चैत्र ८ २០७६

म्याग्दीको बेनी नगरपालिका–६ को कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने सावुन र मास्क वितरण सुरु गरेको छ ।
वडाभित्र रहेका ६५० घरधुरीमध्ये पहिलो चरणमा विपन्न ३३३ घरपरिवारको लागि सावुन र मास्क वितरण सुरु गरिएको हो ।
सहयोगदाता मार्फत सहयोग जुटाएर प्रतिघरधुरीलाई ४ वटाको दरले सावुन र हरेक व्यक्तिलाई मास्क वितरण सुरु गरिएको वडा अध्यक्ष कृष्णसिहं बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार, एक महिनालाई हातधुन पुग्ने गरि साबुन र जोखिमयुक्त ठाउँमा जानुपर्ने अबस्थामा प्रयोग गर्नका लागि मास्क वितरण थालिएको हो ।
बेनी स्थित जिसी गु्रपका नारायण जिसी र किसान जिसीले ४० हजार बराबरको सावुन र बेनपा–६ मा जन्मिएर हाल रुपेन्देहीमा रहनुभएका व्यवासायि नारायण महतले ३६ हजार बराबरको मास्क सहयोग गर्नुभएको छ ।
जिसी गु्रपकाका सञ्चालक नारायण जिसीले शुक्रवार नै रु ४० हजार बराबरको साबुन वडा कार्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।