शाखा प्रमुख विकास पौडेललाई दुई लाख सहयोग

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, चैत्र ८ २០७६

सवारी दुर्घटनामा परी गम्भिर घाईते नेपाल बंगलादेश बैंकका शाखा प्रवन्धक विकास पौडेलको उपचारका लागि जिल्लामा कार्यरत बैंर्कसहरुले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
बैंकर्स एशोसियसन बागलुङको पहलमा जिल्लाका २७ वटा बैंकमा कार्यरत बैंकर्सहरुबाट सहयोग संकलन गरि कुल १ लाख ९८ हजार २ सय रुपैयाँ प्रदान गरिएको एशोसियसनका सदस्य तथा सेञ्चुरी बैंकका शाखा प्रवन्धक दिपक शर्माले जानकारी दिनुभयो ।
एउटै क्षेत्रमा काम गरेका सहकर्मीलाई अप्ठ्यारो पर्दा पेशागत र मानवीय सेवा भावले सद्भाव स्वरुप सहयोग प्रदान गरिएको प्रवन्धक शर्माले बताउनभुयो ।
प्रवन्धक पौडेल गत फागुन २३ गते दिउँसो बागलुङ बजारको मरेपिपलबाट बागलुङ नगरपालिका–१ रामरेखा तर्फ बा ९२ प २९२० नम्बरको मोटर साईकलमा जाने क्रममा दुर्घटनामा पर्नुभएको थियो ।
निर्माणाधिन सडकको छेउबाट यात्रा गर्ने क्रममा मोटर साइकल अनियन्त्रित भई सडकबाट खस्दा गम्भिर घाइते पौडेलको शिक्षण अस्पतालमा उपचार भइरहेको छ