नक्कली प्रमाणपत्रका आधारमा शिक्षक विरुद्ध मुद्दा

धौलागिरी एफ.एम. संवाददाता, म्याग्दी / प्रकाशित मिति :
बुधबार, चैत्र ५ २០७६

नक्कली प्रमाणपत्र बनाएर जागिर खाएको आरोपमा म्याग्दीका एक जना पुर्व शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
धवलागिरी गाउपालिका–६ मराङको राम्चे आधारभूत विद्यालयका पुर्व प्रधानध्यापक समेत रहनुभएका छोटेलाल ठाकुरको शैक्षिक प्रमाणपत्र नक्कली पुष्टि भएपछि अख्तियारले मुद्दा चलाएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवत्ता प्रदिपकुमार कोइरालाले बताउनुभयो । अस्थाई दरबन्दिमा करिब बीस वर्ष अध्यापन गराउनुभएका ठाकुरलाई गत वर्ष गोल्डेन हेन्डचेक बुझेर शिक्षण पेशाबाट बाहिरीनुभएको थियो ।
उहाँ विरुद्ध नन्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको उजुरी अख्तियारमा परेको थियो । उजुरीको अनुसन्धानमा भारतस्थित मोतिउर्रहमान संस्कृत प्राथमिक सह–माध्यमिक विद्यालयबाट मध्यमा तह पास गरेको नक्कली प्रमाणपत्र पेश गरी अस्थायी प्रावि शिक्षक पदमा नियुक्ति लिनुभउको थियो ।
उहाँ विरुद्ध नक्कली प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको ओहदामा रही सरकारी लाभ तथा सुविधासमेत आर्जन गरेकाले मुद्दा हालिएको अख्तियारका प्रवक्ता कोइरालाले बताउनुभयो । ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागसहित विशेष अदालत, आरोपपत्र दायर गरिएको छ ।