बागलुङको भबिष्यका लागि क्याम्पस र अस्पताल सुधारौंः सांसद डा. पाठक

धौलागिरी बहुमुखीमा पुस्तकालय भवनको शिलान्यास
धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, फाल्गुन ३០ २០७६

प्रतिनिधिसभाका सांसद डा. सूर्य पाठकले धौलागिरी बहुमुखी क्याम्पस र धौलागिरी अञ्चल अस्पताललाई बागलुङका गर्वगर्न लायक स्थल बनाउनुपर्ने बताउनु भएको छ ।
उहाँले बागलुङको व्यवसायिक र राजनीतिक भविष्यका लागि पनि यी दुवै स्थानको संरक्षण गर्न आवस्यक भएको बताउनुभयो ।
डा. पाठकले धौलागिरी बहुमुखी क्याम्पसमा उहाँकै निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ लगानी भएपछि निर्माण थालिएको पुस्तकालय भवन बिहिवार शिलान्यास गर्दै उक्त कुरा बताउनु भएको हो ।
उहाँले क्याम्पसलाई सबै प्रकारका प्राविधिक र आधुनिक सेवा दिएर बिद्यार्थी पढाउन क्याम्पस प्रशासनलाई आग्रह पनि गर्नुभयो । धौलागिरी अञ्चल अस्पतालको सेवा गुणस्तरीय बन्दा धेरै बिरामीले उपचार सेवा पाउने र त्यसबाट यहाँ रोजगारी र व्यवसायको आधार बढ्ने समेत बताउनुभयो ।
पाठकले आफ्नो कोषबाट चालु बर्ष क्यामपसलाई ५० लाख लगानी गरेर आधुनिक पुस्तकालयमा खर्च गरेझै अस्पतालमा पनि हाइ केयर युनिट निर्माणमा पनि ५० लाख रुपैयाँ लगाएको बताउनुभयो । सुन्दर बागलुङ निर्माणका लागि सबैले समान सहभागिता र गुणस्तरीय काममा लगाव राख्नुपर्ने समेत उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जनसहभागिता घटेपछि क्याम्पसलाई अपनत्व लिने क्रम पनि हटेर गएको बताउनुभयो । उहाँले पंचायतकालमा श्रमदान र नागरिकहरुको लगानीबाट बनेको र निर्माण भैरहेको क्याम्पस बहुदलपछि सेलाएको उहाँले बताउनुभयो ।
२०६० सालपछि क्याम्पसमा अहिले सम्म नागरिक र राज्यको लगानी भित्राउन नसकिएको उहाँले गुनासो समेत गर्नुभयो । आधुनिक पुस्तकालय भवन बनेपछि बिद्यार्थीमा पठन शैली फेरिने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

म्पस प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षता, सहायक प्रमुख तिलक कंडेलको स्वागत र धु्रबराज गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । १ करोड ४२ लाखको लागतमा पुस्तकालय बन्ने र यो पुस्तकालय अपांगमैत्री हुने बताइएको छ ।