सानिआमा र सनबाको स्मृतिमा विद्यालयमा अक्षयकोषको स्थापना

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, फाल्गुन २५ २០७६

बागलुङको काठेखोला गाउँपालिका–५ बिहँुका तीन दाजुभाईले आफ्ना सानी आमा र सानाबाको स्मृतिमा विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन ।
विहुका गौरीश्वर शर्मा बालकृष्ण सुवेदी र दिपक सुवेदीले बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा अक्षय कोषको स्थापना गरेका हुन ।
सुवेदी परिवारले पैयुँपाटा खस्रेडाँडाका आफ्ना सानाबाबा स्वर्गिय मोहदत्त लामिछाने र सानिआमा स्वर्गिय कौशिला देवीको सम्झनामा १ लाख २५ हजार ५ सय ५ रुपैयाँ बराबरको अक्षकोष स्थापना गरेको त्रिभुवन माध्यामिक विद्यालय पैयुँपाटाका शिक्षक कृष्ण पौडेलले जानकारी दिनुभयो ।
सानि आमा स्वर्गिय कौशिलादेवी लामिछानेको १३ औ दिनको पुण्य तिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ शर्मा र प्रध्यानध्यापक रमाशंकर शर्मालाई अक्षय कोष स्थापनाका निम्ती रकम हस्तान्तरण गर्नुभएको थियो ।
उक्त रकम त्रिभुवन मावि, पैयुँपाटामा “मोहदत्त कौशिला अक्षयकोष“ को नाममा रहने बताइएको छ । उक्त रकमको व्याजबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने उद्देश्य रहेको अक्षयकोषका संस्थापक गौरीशंकर शर्माले बताउनुभयो ।