फ्रेब्रुवरी महिना भर आयोडिनयुत नुनको प्रयोग बारे जानकारी

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन २០ २០७६

साल्ट टे«डिङ कर्पोरेशन बागलुङले फ्रेब्रुवरी महिना भर आयोडिनयुतm नुनको प्रयोग विधिबाट हुने फाइदाहरुका बारेमा विभिन्न स्थानहरुमा प्रचार प्रसार तथा जनचेतना मूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
कर्पोरेशनले फेब्रुवरी महिनाभर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न क्षेत्रमा पुगेर जनचेतना प्रदान गरेको हो । बागलुङको विकट क्षेत्रका रुपमा रहेको बरेङ गाउपालिका अन्तर्गत बाटाकाचौरको ज्ञानोदय आधारभूत विद्यालय र सर्वोदय माध्यामिक विद्यालय बरेङमा जनचेतना मुलक ¥याली सहित विद्यार्थी, शिक्षक, अभिभावक लगायतलाई आयोडिन नुनका बारेमा जानकारी गराइएको थियो ।
कार्र्यक्रममा साल्ट ट्रेडिङ्ग कर्पोरेशन बागलुङ्गका प्रमुख मनोज कुमार श्रेष्ठले आयोडिन मिश्रित दुई बालबालिकाको चित्र अंकित आयोडिन नुनको प्रयोगबाट हुने फाइदाहरु र यसको प्रयोग विधिको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले प्रत्येक वर्ष फेव्रुअरी महिनामा यो कार्यक्रम मार्फत विशेष गरेर महिला, बालवालिका र विद्यालयमा अध्ययन गर्ने विधार्थीहरु अनि गर्भवती महिलाहरुलाई लक्षित गरी जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय वरेङका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रजंग कार्की, वरेङ स्वास्थ्य चौकी प्रमुख पदम बहादुर पुनले पनि आयोडिन यूक्त नुनको प्रयोगबाट हुने फाइदाको बारेमा आफनो धारणा राख्नु भएको थियो । सोही अवसरमा उतm विधालयमा अध्ययन गर्ने विधार्थीहरुलाई आयोडिन युक्त नुन अंकित विधार्थी झोला र टिसर्ट समेत बितरण गरिएको थियो ।
यसैगरी बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विधालयमा पनि अध्ययन गर्ने विधार्थीहरुलाई आयोडिन नुन अंकित झोला तथा टिसर्ट वितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बागलुङ्गका उपसभापति राजेन्द्र आचार्यले कार्यक्रमको महत्व बारेमा जानकारी दिनुभएको थियो ।