त्रिदिवसीय कार्यक्रम सहित भैरवको ६५ औँ वार्षिकोत्सव मनाईयो

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, फाल्गुन १२ २០७६

बागलुङ नगरपालिका–१० भकुण्डे स्थित भैरव माविको ६५ औँ वार्षिकोत्सव त्रिदिवसीय कार्यक्रम सहित मनाईएको छ ।
वार्षिकोत्सव मुल समारोहको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेश संसाद इन्द्रलाल सापकोटाले विश्व बजारमा प्रतिस्पर्धात्मक विद्यार्थी उत्पादनको लागि शिक्षक, विद्यार्थी र अभिभावक बीचको त्रिकोणत्मक संरचना बलियो हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संविधानसभा संसाद नरबहादुर थापा, नेकपाका जिल्ला कमिटी सदस्य विष्णुप्रसाद शर्मा, विजय थापा, समाजवादी पार्टीका जिल्ला सचिव बसन्त थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा २८ वर्ष शिक्षण पेशामा संलग्न खिमबहादुर थापालाई विदाई गरिएको थियो । त्रिदिवसीय कार्यक्रम अन्तर्गत समूहीक नृत्य, हाजिरी जवाफ, फुटबल, रिलेदौड, चम्चा गुच्चा दौड प्रतियोगीता संचालन गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर थापा मगरको अध्यक्षता, शिक्षक किसुनदेवी सिंहको स्वागत र खगेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो । प्रधानध्यापक किसानप्रसाद सापकोटाले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।