न्यु एभरेष्ट एकेडेमिको १४ औ बार्षिकोत्सव सम्पन्न

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, फाल्गुन १२ २០७६

बागलुङ नगरपालिका १ रामरेखा स्थित न्यु एभरेष्ट एकेडेमि बागलुङको १४ औ बार्षिकोत्सव आइतवार सम्पन्न भएको छ ।
बिभिन्न कार्यक्रमका साथ यहि फागुन ७ गतेदेखि शुरु भएको बार्षिकोत्वस पुरस्कार बितरण र मुल समारोह सहित सम्पन्न भएको हो । बार्षिकोत्सवको मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले शिक्षाको बिकास र गुणस्तरीय शिक्षाका लागि निर्माण भएका ऐन कानुनमा रहेर शैक्षिक संस्थाहरु संचालन हुनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाले कक्षा १२ लाई दिउँसोमा संचालनका लागि पटकपटक निर्देशन गरेतापनि पालना नभएको पाइएकाले त्यस बिषयमा पनि नगरपालिकाले आवश्यक कदम चाल्ने बताउनुभयो ।
पौडेलले शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताउँदै विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न व्यवहारिक शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज भट्ट, जिल्ला शिक्षा तथा समन्वय इकाई शाखा अधिकृत कृष्ण प्रसाद आचार्य, एनप्याब्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्मा, प्याब्सनका जिल्ला अध्यक्ष नेत्रलाल न्यौपाने, बिद्यालयका संस्थापन सदस्य थानेश्वर सुवेदी अभिभावक धनबहादुर परियार, बिद्यार्थी पुजा सापकोटा लगाएतले मंतव्य व्यक्त गर्नु भएको थियो ।
बार्षिकोत्सवका अवसरमा बिद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बिद्यार्थीहरुले बिबिध सांकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने बिद्यालयले अन्तरनिहित क्षमता प्रस्तुत गर्दै उत्कृष्ठ स्थान हाँसिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको थियो ।
सो अवसरमा प्रशिक्षक रमेश पराजुलीले अभिभावहरुका लागि प्रशिक्षण दिनु भएको थियो भने अभिभावका बिचमा म्युजिकल चियर प्रतियोगिता पनि गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, भ्वाइस प्रिन्सीपल प्रवेश मुखियाको स्वागत र शिक्षक माधव चपाईको संचालनमा सम्पन्न भएको थियो ।