न्यु एभरेष्टको वार्षिकोत्सव सुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, फाल्गुन ८ २០७६

बागलुङको न्यु एभरेष्ट एकेमडेमीले विविध कार्यक्रम सहित १४ औँ वार्षिकोत्सव मनाउन सुरु गरेको छ ।
बार्षिकोत्सवको पहिलो दिन अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता अन्तर्गतको पहिलो चरणका खेल सम्पन्न भएका छन् । भलिबल खेलको उद्घाटन बागलुङ नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत डण्डापानी शर्माले गर्नुभएको थियो ।
प्रिन्सिपल कृष्ण राज अधिकारीका अनुसार पहिलो चरणको खेलमा अमर आदर्श, कालिका कन्या, न्यु ओएसिस मावि, यू.एस मावि, कोरोना मावि, चिल्डे«न लाईफ र सिद्धार्थ शिक्षा सदन विजय भएका छन ।
साता ब्यापी रुपमा सञ्चालन हुने बार्षिकोत्सवको मुल समारोह फागुन ११ गते बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उदघाटन गर्ने कार्यक्रम छ । बार्षिकोत्सवको अवसरमा विधार्थीहरुका लागि रचनात्मक, सिर्जनात्मक र ज्ञानबद्र्धक कार्यक्रम आयोजना गरिएको छ ।
शैक्षिक सचेतनाका लागि अभिभावकहरुका लागि पनि विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको छ । शिक्षकहरुका लागि पनि पढाई र सिकाई विधी समबन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल अधिकारले जानकारी दिनुभयो ।
कार्यक्रममा प्याब्सन गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष नवराज श्रेष्ठले बोल्नुभएको थियो । कार्यक्रम प्रिन्सीपल कृष्णराज अधिकारीको अध्यक्षता र शिक्षम माधव चपाईको संचालनमा सम्पन्न भएको थियो ।