धौलागिरी बहुमुखी क्याम्पस बागलुङ्गको ५७ औ बार्षिकोत्सव

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, माघ १७ २០७६

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले युग सुहाउँदो शैक्षिक नीतिमा परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।
धौलागिरी बहुमुखी क्याम्पस बागलुङ्गको ५७ औ बार्षिकोत्सव मुल समारोहको बिहिबार उद्घाटन गर्दै उहाँले शैक्षिक गुणस्तर बृद्धिका लागि प्रदेश सरकार लगानी गर्न तयार रहेको बताउनुभयो ।
नीति र बिधि अनुरुप प्रदेश सरकार चल्नुपर्ने चर्चा गर्दै उहाँले धौलागिरी क्याम्पसको बिकास र सुदृढीकरणको लागि तीन वटै सरकारले ध्यान दिनुपर्नेमा जोडदिनुभयो । उहाँले गास बास कपास शिक्षा स्वास्थ्य रोजगार जस्ता जनताका आधारभुत समस्या समाधान गर्न सरकारले जनमैत्री नीति र कार्यक्रम अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी गण्डकी प्रदेशका सांसद ईन्द्रलाल साप्कोटाले धौलागिरी बहुमुखी क्याम्पसलाई शैक्षिक हबको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । शैक्षिक संस्थामा क्षमता र प्रतिष्पर्धा नभै भागबण्डाका आधारमा कर्मचारी राख्ने परिपार्टीको बिकास हँुदा शैक्षिक गुणस्तर खस्कदै गएको दावी गर्नुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति बागलुङ्गका प्रमुख राजेन्द्र ढुङ्गाना, नेपाली काँग्रेसका सचिव नवराज पौडेल, धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डा.दिन बहादुर थापा आशिंक प्राध्यापक सघंका अध्यक्ष बिष्णु चापागाई, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सघंका ईकाई सभापति बिजयराज पन्त, कर्मचारी सघंका सभापति शिव पाध्या लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
त्यसैगरी स्वबियु सभापति मनिष थापा, पुर्व सभापति हिरा बहादुर केसी, अनेरास्ववियु ईकाई अध्यक्ष शुरेश रेग्मी, ने.बी सघं ईकाई सभापति दिनेस पन्त, अनेरास्वबियु छैटौका इकाई अध्यक्ष दिलिप बुडाथोकी,र नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपीला कँडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा क्याम्पसमा महत्वपूर्ण शैक्षिक योगदान गर्ने क्याम्पसका सह–प्राध्यापक डा. सुदर्शन सिलवाल, उपप्रध्यापक आनन्दराज शिलवाल, कर्मचारी टुल्की जैसी र बिदाई भएर जान लाग्नु भएका अर्का कर्मचारी सुवास आचार्यलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले क्याम्पसको प्रगति एबं भावि कार्ययोजना बारे तयार गरिएको प्रतिबेदन प्रस्तुत गर्दै धौलागिरी बहुमुखी क्याम्पसलाई शैक्षिक गन्तब्यको रुपमा बिकास गर्न सबै पक्षको साथ र सहयोग अनिवार्य भएको उल्लेख गर्नुभयो ।
साप्ताहिक रुपमा संचालित बार्षिकोत्सवको बिभिन्न बिधामा उत्कृष्ट तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख हरी प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रम क्याम्पस प्रमुख उपाध्यायको अध्यक्षता, विद्यार्थी कल्याण प्रमुख जोहन बज्राचार्यको स्वागत र सहायक क्याम्पस प्रमुख तिलकप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।