वक्तृत्वकला प्रतियोगितामा नेपाली तर्फ सृष्टि र अंग्रेजी तर्फ दिपक प्रथम

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ १६ २០७६

धौलागिरिको एकमात्र आँगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसको ५७ औ बार्षिकोत्वसको अवसरमा बुधवार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बिभिन्न कार्यक्रमका साथ संचालित बार्षिकोत्वसको चौथो दिन खुल्ला बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बिद्यार्थीहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले स्ववियुको संयोजनमा नेपाली र अँग्रेजीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो ।

पर्यटन समस्या र चुनौती बिषयमा गरिएको प्रतियोगितामा नेपाली तर्फ ८ र अँग्रेजीमा ३ जनाको सहभागिता रहेको थियो । नेपाली तर्फ सृष्टि आचार्य प्रथम, सुस्मा ढकाल द्धितीय र एलिना आले तृतीय भएका छन् । अंग्रेजी तर्फ दिपक सुवेदी प्रथम, श्याम गैरे द्धितीय र हरिकृष्ण सापकोटा तृतीय भएको सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रध्यापक डाक्टर रामप्रसाद उपाध्यायले बोल्ने कलाको बिकासका लागि यस्ता खालका कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियु इकाई समिति धौलागिरि बुहुमुखी क्याम्पसका अध्यक्ष सुरेश रेग्मी, नेविसंघ इकाई सभापति दिनेश पन्त र स्ववियुका सदस्य मनोज सापकोटाले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम स्ववियु उपसभापति बालकृष्ण शर्माको अध्यक्षता, सदस्य सुदिपसागर कँडेलको स्वागत र कोषाध्यक्ष सुस्मिता बोहराको संचालनमा सम्पन्न भएको थियो । बार्षिकोत्वसको अवसरमा दिउँसो क्याम्पस परिसरको सरसफाई पनि गरिएको थियो ।

क्याम्पसले बार्षिकोत्वसको अवसरमा महिला तथा पुरुष भलिवल, टेवुल टेनिस, बास्केटबल लगाएतका प्रतियोगिता संचालन गरिरहेको छ । बार्षिकोत्सवको अन्तिम दिन माघ १६ गते बिहिवार सम्पूर्ण प्रतियोगिताको फाइनल संगै बिहान सरस्वती पुजा र दिउँसो मुल समारोहको आयोजना गरिएको सहायक क्याम्पस प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।