५७ औँ वार्षिकोत्सव मनाउन शुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, माघ १४ २០७६

धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ५७ औ बार्षिकोत्वसको अवसरमा छात्र तथा छात्रा भलिवल प्रतियोगिता शुरु भएको छ ।
धौलागिरि बहुमुखी क्याम्पस बागलुङको आयोजना र स्वतन्त्र बिद्यार्थी युनियनको संयोजनमा शुरु भएको प्रतियोगिताको उद्घाटन क्याम्पस प्रमुख प्रध्यापक डाक्टर रामप्रसाद उपाध्यायले गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै क्याम्पस प्रमुख उपाध्यायले क्याम्पसको ५७ औ बार्षिकोत्सवलाई भव्य र सभ्य बनाउनका लागि सवैको सकरात्मक सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले खेलले बिद्यार्थीहरु बिचमा सद्भाव कायम गर्ने भएकाले अनुशासनमा भएर खेल खेल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा क्याम्पसका सहप्रध्यापक सिद्धराज जोशीले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो । सोमवार भएको छात्रा भलिवल खेलमा बिएड तेस्रो बर्ष र बिविएस तेस्रो बर्षका खेलाडि फाइनलमा पुगेको स्ववियु सहसचिव सुजन सापकोटाले जानकारी दिनुभयो । छात्र भलिवल मंगलवारवाट शुरु हुने उहाँले बताउनुभयो ।
उद्घाटन कार्यक्रम स्वतन्त्र बिद्यार्थी युनियनका कार्यवहाक सभापति बालकृष्ण शर्माको अध्यक्षता, स्ववियु सदस्य बिवेक जिसीको स्वागत र सदस्य मनोज सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।