मस्यौदा तयार गरी सुझाव संकलन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, माघ १០ २០७६

बागलुङ नगरपालिकाले नगर शिक्षा नियमावलीका लागि सुझाव संकलन सुरु गरेको छ ।
बागलुङ नगर क्षेत्र भित्र सञ्चालित सबै किसिमका शैक्षिक संस्थाको नियमन र व्यवस्थापन गर्न नगर शिक्षा नियमावलीको मस्यौदा तयार गरी सुझाव संकलन सुरु गरेको हो ।
नगरपालिकाले आफ्नो आधिकारिक वेभसाइटमा नियमावलीको मसौदा राखी त्यसका बारेमा संशोधन तथा सुझाव दिन आग्रह गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपानी शर्माले जानकारी दिनुभयो ।
शिक्षा जस्तो विषयमा तय हुन लागेको नगर शिक्षा नियमावलीमा सबै नगरवासीको सुझाव लिएर नियमावली तय गर्ने योजना अनुसार सुझाव संकलन गर्ने व्यवस्था गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।
पौडेलका अनुसार नगर शिक्षा नियमावलीमा केही संशोधन गर्नुपर्ने वा सुझाव दिनुपर्ने भए लिखित रुपमा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखामा पेश गर्न सकिने व्यवस्था गरिएको छ ।
शिक्षा नियमावली नहुँदा नगरको शिक्षा क्षेत्रसँग सम्बन्धीत काम गर्न असहज भइरहको बेला नगरपालिकाले नियमावलीको मसौदा सार्वजनिक गरेको हो । अधिकार बाँडफाँडका हिसावले संघ, प्रदेश तथा स्थानीय तहले नियमावली निर्माण गर्न पाउने व्यवस्था छ ।